बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा २१ जना डेंगुका बिरामी भेटिए

शुक्रबार, २४ साउन २०७६, १५ : १०
शुक्रबार, २४ साउन २०७६

पोखरा– पोखरामा डेंगुको महामारी फैलिएको छ । पछिल्लो एक हप्तामा मात्रै २१ जना डेंगु रोगी भेटिएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए ।  उनका अनुसार वडानम्बर ४, ८, ९, १७ र २५ मा डेंगुका बिरामी भेटिएका हुन् । 

बसपार्क, नागढुंगा र शिवालय चोक आसपासमा बढी डेंगुका बिरामी भेटिएको महाशाखा प्रमुख पौडेलले बताए । यसैवीच डेंगु आतंक बढेपछि महानगरका विभिन्न वडामा सचेतना अभियान थालिएको छ । सचेतना अभियानका लागि मनिपाल अस्पताल पोखराबाट ५ समुह र गण्डकी मेडिकल कलेजबाट ५ समुहको टोली खटाएको शर्माले जानकारी दिए । 

गत वर्ष पनि पोखरामा असारको पहिलो साता देखिएको डेंगु रोग साउन तेस्रो सातासम्म देखिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप