बैङ्कमा चोरी गर्न आएकालाई पक्राउ गर्ने सुरक्षागार्ड पुरस्कृत
शुक्रबार, २४ साउन २०७६, १३ : १८
कलैया उपमहानगरपालिकामा रहेको एनसीसी बैङ्कमा चोरी गर्न आएको चोरलाई पक्राउ गर्ने सुरक्षा गार्डलाई प्रहरीले पुरस्कृत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले पूर्व प्रहरी हवलदारसमेत रहेका साहेब प्रसाद यादवलाई रु ५ हजार नगदसहित पुरस्कृत गरेका हुन् ।
बिहीबार राती १२ः३० बजेको समयमा एक १७ वर्षीय युवक चोरी गर्ने मनसायले बैङ्कको छतबाट कम्पाउन्डमा प्रवेश गरेका थिए । ती युवकले सिसीटीभी र बिजुलीको लाइन काटेर चोरी गर्न लागेको अवस्थामा सुरक्षागार्ड यादवले पक्राउ गरेका थिए ।
पक्राउ गरे लगत्तै यादवले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी प्रवक्ता रञ्ज्ति सिंह राठौरका अनुसार ती युवकमाथि चोरी उद्योग मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल