बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङ्गमा विषादी सेवन गरी चार दिनमा चार जनाद्वारा आत्महत्या

शुक्रबार, २४ साउन २०७६, १० : २७
शुक्रबार, २४ साउन २०७६

बुटवल । दाङ्गमा पछिल्लो चार दिनमा विषादी सेवन गरेर चार जनाले आत्महत्या गरेका छन् ।

गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भएको हो ।

उनी सहित उक्त विषादी सेवन गरि पछिल्लो चार दिनमा चार जनाको ज्यान गएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

चौधरीको उपचारको क्रममा ज्यान गएको र उनको शव प्रादेशिक अस्पताल दाङ्गमा राखिएको शाहले बताए ।

यसअघि विषादी सेवन गरेर तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ वर्षीय मिनबहादुर बिक, सोही नगरपालिका–१९ बिजौरीकी ५० वर्षीया  बमकुमारी रोका र राजपुर गाउँपालिका–३ गंगदीकी २१ वर्षीया मिरा चौधरीको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप