बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हँसपुर नगरपालिका विवाद साम्य, ७ सदस्यीय अनुगमन समिति गठन

बिहीबार, २३ साउन २०७६, १९ : ५६
बिहीबार, २३ साउन २०७६

जनकपुरधाम– हँसपुर नगरपालिकाको कार्यालय विवादलाई जिल्ला समन्वय समितिले साम्य पारेको छ । बिहीबार जनकपुरस्थित जिसस धनुषाको पहलमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाबीच संवाद भएपछि हंसपुर नगरपालिका कार्यालय सार्ने लगायत विभिन्न समस्याको निकास खोज्ने सहमतिपछि विवाद साम्य भएको हो । 

जिल्ला समन्वय समिति धनुषाको सभाहलमा भएको दुबै पक्षबीचको छलफलपछि हँसपुर नगरपालिकाको अनुगमन समितिले सिफारिसको आधारमा योजनाहरुको भुक्तानी गर्ने, हँसपुर नगरपालिका वडा नम्बर दुई स्थित बघचौडामा प्रहरी र स्थानीयवासी बीचको झडपमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च तथा सशस्त्र प्रहरीको गाडीमा भएको तोडफोडको मरम्मत सम्भार गर्ने लगायतका समेत निर्णय गरिएको छ ।

त्यस्तै, जिसस धनुषको प्रमुख रामदेव बनरैत संयोजकत्वमा गठन गरिएको अनुगमन समितिमा जिसस धनुषाका उपप्रमुख दीपक झा, हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका एक जना अधिकृतलाई समेत सदस्य राखिएको छ ।

सो ७ सदस्यीय समितिले स्थलगत निरीक्षण गरेर दूबै पक्षबीच समञ्जस्यता कायम गरी कार्यालय सम्बन्धी विवादको कानूनी निकास खोज्ने छन् । सो अनुगमन समितिले कानूनीसम्मत निकास खोज्न नसकेको खण्डमा प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग परामर्शको आधारमा निकास खोज्ने निर्णय समेत गरिएको छ  ।

मेयर रामज्ञान मण्डलको नेतृत्वमा गत मंगलबार कार्यकर्तासहित प्रहरीको एक टोलीले बघचौडास्थित हँसपुर नगरपालिकाको कार्यालयबाट  कार्यालय सामाग्रीहरु लैजाँदा दुई पक्षबीत झडप भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप