शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वृद्धभत्ता लिन गएका मृतावस्थामा भेटिए

बिहीबार, २३ साउन २०७६, १६ : ०५
बिहीबार, २३ साउन २०७६

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा आज भेटिएका छन् । वृद्धभत्ता लिन जान भनी घरबाट बिहानीपख वडा कार्यालयतर्फ निस्किएका सार्की साँझसम्म पनि घर नआएपछि सार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा खोजतलासका लागि खबर गरेका थिए ।

प्रहरी, स्थानीयवासी र सार्कीका परिवारसहितका टोलीले खोज्ने क्रममा आज सार्कीका घरबाट केही पर बारीको पाटामा उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए । प्रहरी निरीक्षक फुयाँलका अनुसार शवपरीक्षणका लागि त्रिशूली अस्पतालमा पठाई घटनाको थप अनुसन्धान भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप