मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वीपी प्रतिष्ठानमा रुखले किचेर २ जना घाइते

बिहीबार, २३ साउन २०७६, १५ : ०५
बिहीबार, २३ साउन २०७६

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जनाए ।

उनका अनुसार घाइते हुने जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव हुन् । प्रतिष्ठानको पियाआईसियूमा छोराक्रितिक यादवको उपचार गराइरहेका उनीहरुलाई बाटोमा हिँड्दा हिँड्दै रुख ढलेर किचेको हो । 

मानवीयताको हिसाबले घाइते दुवैजना र बिरामी छोराको औषधि र उपचार खर्च निःशूल्क गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले बताए । रुखले पार्किङ गरेर राखेको धरान १५ मिलन पथका बाबुराम राईको को.२.ह. ५५७५ नम्बरको टेम्पोलाई समेत पूर्णरुपले क्षति पुर्याएको छ ।

सूचना अधिकृत तामाङले रुख ढलेर ठूलो एवम् अप्रिय क्षति नभएको भएतापनि भविष्यमा हुनसक्ने दुर्घटना रोक्न प्रतिष्ठान पसिरमा रहेका बुढो रुखहरुको कटान गरी नयाँ वृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप