केन्द्रीय संस्करण

प्रदेश २ मा लोकसेवा विधेयक पारित

person explore access_timeसाउन २२, २०७६ chat_bubble_outline0
file photo

जनकपुर– प्रदेश नम्बर २ को प्रदेश सभाले लोकसेवा विधेयक पारित गरेको छ । बुधबार विधेयकमाथि दफाबार छलफल भएलगत्तै प्रदेशसभाले विधेयक सर्वसम्मतिले पारित गरेको हो । कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेके भन्दै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफनै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन गर्न सहज हुने बनाउने बताए ।

लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरेपनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । यता प्रदेशसभाबाट लोकसेवा विधेयक पारित भएपछि  प्रदेश सरकार ढुक्क भएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...