
एभरेष्ट इन्सुरेन्सको ५ लाख २९ हजार कित्ता सेयर लिलामीमा, साउन २९ गतेदेखि बिक्री खुला

एभरेष्ट इन्सुरेन्स कम्पनीको ५ लाख २९ हजार ७ सय ८० कित्ता सेयर लिलाममा बिक्री खुला हुने भएको छ ।
कम्पनीको संस्थापकतर्फ १ लाख ४६ हजार ७ सय ७५ कित्ता सेयर र सर्वसाधारण तर्फको ३ लाख ८३ हजार २ सय ५ कित्ता सेयर लिलाममा बिक्री खुला गर्न लागेको हो ।
यसको बिक्री साउन २९ गतेदखि खुल्नेछ र भाद्र ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयर खरिद बोल कबोल गर्दा न्युनतम सय कित्तासम्मका लागि गर्नुपर्नेछ । सेयरको मूल्य प्रतिकित्ता सय रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य तोकी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र आवेदन फारम सिद्धार्थ कयापिटल लिमिटेल नारायणचौर नक्साल, एभरेष्ट इन्सुरेनस कमपनी लिमिटेडको मूख्य कार्यालय हात्तिसार, सिद्धार्थ बैंकको कार्यालय विराटनगर, विर्तामोड, बीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ