शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी

बुधबार, २२ साउन २०७६, १३ : ०१
बुधबार, २२ साउन २०७६

काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । 

प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरे ।

जेनेरेटर नजिकै डिजेल स्टक रहेको बताइएको छ । नजिकै विद्युत  लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर र ललितपुरका दमकलहरु परिचालन गरिएको थियो ।

अहिले पूर्णरुपमा आगलागी नियन्त्रणमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप