शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकमा विभिन्न स्थानमा बाढी, पहिरो र डुबानः गृह मन्त्रालयद्वारा सार्वजनिक अपिल

शनिबार, २८ साउन २०७४, ११ : १६
शनिबार, २८ साउन २०७४

काठमाडौं– गृह मन्त्रालयले विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु बाढी, पहिरो र डुवानका समस्या  निम्तिएपछि  खोज , उद्दार र राहतमा  सहयोग सार्वजनिक अपील गरेको छ । 


मन्त्रालयले एक अपिल जारी गर्दै भनेको छ, ‘यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आआफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृह मन्त्रालय हार्दिक अपिल गर्दछ ।’ 


मन्त्रालयले देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको भन्दै सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

अविरण वर्षाका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दांग, बांकेलगायतका जिल्लाका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् ।
 यसैगरी मध्य पहाडी क्षेत्रका विभिन्न स्थानहरुमा पहिरो गएको छ । बाढी, पहिरो र डुवानबाट जनधनको ठुलो क्षति भएको छ । यसबाट सार्वजनिक जीवन प्रभावित हुन पुगेको छ ।


मन्त्रालयले खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप