बच्चाको मृत्यु भएपछि ग्राण्डी अस्पतालमा तनाव
काठमाडौं– ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।
गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन् ।
अस्पतालले इन्फेक्सनको कारण बच्चाको मृत्यु भएको जनाए पनि यसलाई पत्याउन घरपरिवार तयार छैनन् । निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको एउटा बच्चाको मृत्यु भएको थियो । त्यही दिन उनीहरुले अर्को बच्चालाई ग्राण्डीबाट निकालेर इशान बाल अस्पताल लगेको थिए ।
उनले सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाको लागि एनआइसियूमा राखेको आरोप लगाए । जन्मिएको १८ दिनपछि बच्चाको मृत्यु भएको अस्पतालले जनायो । उनीहरुले अस्पताललाई पटक पटक सत्य तथ्य छानबिन गर्न आग्रह गरे पनि अस्पतालले वास्ता नगरे पनि आन्दोलन गरेको बच्चाका बाबु दोर्जेले बताए ।
दोर्जेका अनुसार अस्पतालले गल्ती भएको स्विकार गर्दै चिकित्सकलाई कारवाही गर्ने बताएको त छ तर अहिलेसम्म केही गर्न सकेको छैन । अन्तर्राष्ट्रिय स्तरको अस्पताल भनी उपचार गर्न आएको, महंगो पनि उत्तिकै यस्तोमा धेरै मानिस भ्रममा नपरुन भनेर जानकारी दिन आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा