शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन विश्व सम्मेलनको तयारी, धमाधम शाखा देशहरुमा अधिवेशन चल्दै

शनिबार, २८ साउन २०७४, ११ : १४
शनिबार, २८ साउन २०७४

लिलु डुम्रे

काठमाडौ–विश्व सम्मेलनको तयारीमा जुटेको गैर आवासिय नेपाली संघ (एनआरएन) ले शाखा देशहरुमा  अधिबेशनलाई  तिब्रता दिएको छ । ७६ देशहरुमा शाखा रहेको संघले हालसम्म दर्जन बढि देशहरुमा अधिबेशन सकिसकेको छ ।


संघका अनुसार अफ्रिकी देशहरुमा इक्केटोरियल गुयाना,केन्या र युगाण्डामा अधिबेशन सम्पन्न भएको छ । एसियाका देशरुमा हङकङमा मात्रै सकिएको छ ।
युरोप क्षेत्रमा अष्ट्रिया चेक रिपब्लिक ,लग्जेम्वर्ग, नर्वे र स्पेनमा गत महिना अधिबेशन सकिएको संघको काठमाडौं कार्यालयले जानकारी गराएको छ ।


कार्यालयका अनुसार मध्यपुर्वका देशहरुमा बहराइन र ओमानमा पनि अधिबेशन सकिएको छ भने ओसेनिया क्षेत्रमा अष्ट्रेलियामा अधिबेशनबाट नयां कार्यसमिति चयन भएको छ ।


बिधान र सदस्यता नबिकरण देखिएको बिबादका कारण कतिपय देशमा अधिबेशनमा किचलो देखिएको छ । शुक्रबार र शनीबारलाई तय गरिएको अमेरिकाको अधिबेशन रोकिने भएको छ । अध्यक्षका प्रत्यासी गौरीराज जोशी अधिबेशन रोक्न माग गर्दै अदालत पुगेपछि अधिबेशन रोकीएको हो । जोशीको उम्मेदवारी बिधान बिपरीत हुने कुरा उठेपछि जोशी अदालत पुगेका थिए।


सदस्यता बितरण तथा नबिकरणको बिषयले पोर्चुगलमा पनि बिबाद देखिएको छ । बिधान संसोधन गर्दै उम्मेदवारी दिने बाटो खोलिदिएको जनाउदै दक्षिण कोरियामा पनि बिबाद हुदै आएको छ ।


अधिबेशन गर्न बांकी रहेका देशहरुमा सेप्टेम्बरको दोस्रो सातासम्म अधिबेशन सकिने संघको कार्यालयले जानकारी गराएको छ । अक्टोबरको १४ देखि १७ सम्म राजधानीमा आयोजना गरिने ८ औं विश्व सम्मेलनमा शाखा भएका देशहरुबाट दश जनाको कार्यसमिती बराबर एक महाधिबेशन प्रतिनिधी छानिने ब्यवस्था छ ।


‘नेपालीका लागि नेपाली’ नारा तय गरि २००३ देखि अस्तित्वमा आएको संघले बैदिशिक लगानी भित्राउन साथै प्राकितिक बिपत्तीमा परेका नागरिकहरुलाई सहयोग पु–याउदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप