केन्द्रीय संस्करण

क्यानद्वारा ३३ जना विद्यार्थीलाई छात्रवृति

person explore access_timeसाउन २१, २०७६ chat_bubble_outline0

बुटवल– आईटीमा अध्ययन गर्ने चाहना भएका विद्यार्थीहरुलाई लक्षित गरि कम्युटर एशोसियसन नेपाल महासंघले छात्रवृतिको कार्यक्रमलाई निरन्तरता दिएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित गतवर्ष ३३ जनालाई छात्रवृति दिएको क्यानले यसवर्ष ४९ जनालाई छात्रवृति दिने भएको हो ।

बुटवलमा आज पत्रकार सम्मेलन गरि क्यानका उपाध्यक्ष रामुदेव गौतमले यसवर्ष ४९ जनालाई १ करोड ८५ लाख ३६ हजार बराबर रकमको छात्रवृति प्रदान गरिने बताए । प्रत्येक प्रदेशबाट ४ जना दरले २८ जना छात्रालाई पूर्ण छात्रवृति र आइसीटी मेरिट स्कलर्ससिप प्रत्येक तीन जनाका दरले २१ जनालाई आंशिक छात्रवृति प्रदान हुनेछ । मलेशियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तरगत बिएससी आइटीको अध्ययन गर्न पाउने छन् ।

लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलानले क्यानमार्फत समृद्धि, सरस्वती, संस्कृति, शक्ति, साथी गरि पाँच प्रकारका स्कलरसिप दिइने बताए । नेपाल सरकारको मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु  सो सरह अध्ययन गरेको देशका कुनै पनि विद्यार्थीले आवेदन दिन सक्ने उनले बताए । साउन ३२ गते फर्म भर्ने अन्तिम दिन रहेको उनले जानकारी दिए ।

क्यानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुवरले गतवर्षबाट छात्रवृति शुरु गरेको भएपनि केही कठिनाई आइपरेको बताए । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित दिइएको छात्रवृतिसँगै काठमाडौं बस्नुपर्ने र खर्च बढी हुँदा विद्यार्थीहरुलाई समस्या भएको उनले बताए 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...