५ दिनदेखि महिला बेपत्ता
शनिबार, २८ साउन २०७४, १० : ३९
तनहुँ-तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ कि एक महिला ५ दिनदेखि बेपत्ता भएकी छिन्।
व्यास नगरपालिका वडा नम्बर ८ बर्लाचीबाट लमजुङ सूर्यपाल माइत जान भनेर घरबाट हिँडेकी ४५ वर्षिय जमुना ओझा ५ दिन देखी सम्पर्क विहिन भएकी हुन् । उनका छोरा सुजन ओझाका अनुसार सूर्यपाल जाने भनेर हिँडे पनि तनहुँको सदरमुकाम दमौलीको भोर्लेटार चोकमा २४ गते प्रहरीको सिसि क्यामेरामा देखिएकी थिइन्।
उनले आफ्नी आमालाई भेट्नेहरूले नजिकको प्रहरी कार्यालय अथवा ९८५५०८२५५० मा फोन गर्न समेत आग्रह गरेका छन्।