बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पाेलेसी रिसर्च सेन्टर अमेरिकाद्वारा डा केसीप्रति एेक्यवद्धता

शनिबार, २८ साउन २०७४, १० : २८
शनिबार, २८ साउन २०७४

अमेरिका - अमेरिकामा स्थापित गैर मुनाफा सामाजिक संस्था नेपाल पाेलेसी रिसर्च सेन्टरले आज एक छापा बिज्ञप्ति निकाल्दै डा केसीप्रति एेक्यवद्धता जनाएको छ l उक्त छापा बिज्ञप्तिमा डा. गोविन्दको केसीले बाँच्न पाउनु पर्छ भनेको छ l 

नेपाल सरकार र सांसदहरु, एउटा सत्याग्रहीमाथि हुन गएको अत्याचारको पराकाष्ठा तुरुन्त अन्य गर । लोकतन्त्रलाई माफियातन्त्र नबनाऊ भनि कडा आलोचना गर्दै छापामा उक्त कुरा जनाएको छ l 
 
डा. गोविन्द केसी अब एक व्यक्तिमात्र हैन, दुराचार र व्यभिचार विरुद्ध लड्ने एक सँस्था भैसकेका छन् । जसका बलमा देशका विधिविधान र नीतिनियम बाँचेका छन् भनि छापा बिज्ञप्तिमा उल्लेख गरेको छ l  

मूलतः नेपालको स्वाथ्यशिक्षामा भएको राजनीतिक माफियाकरण विरुद्धको उनको लडाइँ पूर्णत नेपाल र नेपालीको हितमा भएको हुदाँ नेपाल सरकारले छिटोभन्दा छिटो डा. केसीका मागको सम्बोधन गरी ती सदाचारी डाक्टरको बाँच्न पाउने अधिकारको रक्षा गर्नु अनुरोध गरेका छौं भनि दबाब दिएको छ l 

'एउटै व्यक्तिले तीनै मागका लागि पटकपटक गरी एघारौं पटकसम्म अनशन बस्नु परेको इतिहास सायद संसारका अन्य कुनै प्रजातान्त्रिक मूलुकमा नहुन सक्छ । तिनै मागमा सरकारले हरेक पटक सम्झौता गरी हरेकपटक उलंघन गरेको उदाहरण पनि संसारमै नहुन सक्छ । लोकतान्त्रिक पद्धति अपनाएको नेपाली राजनीतिमा हावी भएको यो निचतम् प्रवृत्तिको हामी घोर भत्र्सना गर्छौ । यो प्रवृत्तिले हामी कस्तो लोकतान्त्रिक अभ्यास गर्दैर्छौ भन्ने डरलाग्दो प्रश्न पनि उठाएको छ' भन्दै ध्यानाकर्षण गरेको छ l 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप