शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घाईतेको उद्धार गर्न घटनास्थलमा हेलिकप्टर लिएर पुगे सांसद पौडेल

सोमबार, २० साउन २०७६, १८ : २५
सोमबार, २० साउन २०७६

बागलुङ– जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी गम्भिर घाईते तीन जनालाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारलागि पोखरा पुर्याईएको छ । नेकपाका नेता तथा बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेल आफँै घटनास्थल पुगि पहिरोबाट उद्धार गरिएका गम्भिर घाइतेलाई उपचारका लागि पोखरा पुर्याईएको स्थानीयले बताए । 

पहिरोमा परि तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया पञ्चकुमारी श्रीपाली, ७० वर्षीया असारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको छ ।  पहिरोमा परी घाईते भएका सात जनामध्ये गम्भिर तीन जनालाई हेलिकप्टरमार्फत उपचारका लागि पोखरा लगिएको सांसद देवेन्द्र पौडेलले बताए । उनका अनुसार पहिरोमा परि सामान्य घाइते भएका चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

‘मेरो गृह जिल्लामा बाढि पहिरो विपदको खबर सुन्ना साथ म विहानै गृहमन्त्रालयसँग समन्वय गरेर सेनाको हेलकप्टर लिएर घटनास्थल पुगे । घटनास्थल पुग्दा तीन जनाको मृत्यु भैसकेको थियो, सांसद पौडेलले भने, ‘पहिरोमा पुरिएका सात जनाको उद्धार गरेर गम्भिर घाईते तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा क्षेत्रीय हस्पताल पुर्याँै । अहिले उहाँहरुको उपचार भैरहेको छ । उहाँहरु खतरा मुक्त हुनुहुन्छ’ सांसद पौडेलले भने । 

सांसद पौडेलका अनुसार घाईते रामबहादुर श्रीपाली, अनिल श्रीपाली र ओमबहादुर श्रीपालीको उपचार भैरहेको छ ।  झन्डै १५० मिटर माथिबाट खसेको पहिरोले ६ वटा घर बगाएको छ भने पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ । उद्धारमा प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप