शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हिरासतबाटै थुनुवा फरार

सोमबार, २० साउन २०७६, १३ : ०१
सोमबार, २० साउन २०७६

झापा– लागूऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याएको थियो ।
 
बिर्तामोडस्थित कनकाई अस्पताल पु¥याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।  ‘लागुऔषधसहित पक्राउ परेका जगमेर सामान्य बिरामीजस्तो देखिएकाले उपचार गर्न र लागुऔषधको परीक्षण गर्न अस्पताल पु¥याइएकामा त्यहाँबाटै भागेछ ।’ ‘प्रहरी उपरीक्षक श्रेष्ठले भने । उनको खोजीकार्य शुरु गरिएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप