यसरी फुट्यो बागलुङको तुरतुरे ताल, बुर्तिबाङ्ग सडक अवरुद्ध
बुटवल– गत बर्षको बर्षायाममा पहाड खसेर बाग्लुङ्गको बडिगाड खोलामा बनेको तुरतुरे ताल फुटेको छ । तालको पानी बाहिरिने क्रममा पानीले खोलदा मध्यपहाडी लोकमार्गअन्र्तगत २ सय मिटर सडकमा समेत इाती पुगेको छ । जसका कारण बुर्तिबाङ्ग बजार आवतजावत गर्न अबरोध पुगेको छ ।
जिल्लाको बडिगाडघाट गाउँपालिका–७ र डोरपाटन नगरपालिका– १ को बीचमा तुरतुरे भन्ने चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर गतवर्षको भदौदेखि ताल बनेको थियो । गएराती २ बजेदेखि ताल फुटन् थालेको र अहिलेसम्म तालमा जमेको पानी ५०, ६० प्रतिशत निस्किसकेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी क्षेत्रीकाअनुसार ताल एकैपटक नफुटी विस्तारै पानी निकासतर्फ गएकाले ठुलो खतरा हुनबाट जोगिएको बताए । तालको पानी बाहिरिन थालेपछि डुवानमा परेका घर र खेतहरु देखिन थालेका छन् । तालको पानी वग्न थालेपछि त्यस स्थानका स्थानीयहरु त्रसित बनेका छन् ।
ताल फुटेपछि नदी किनारमा रहेका बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदि किनारका मानिसहरुलाई सर्तकता अपनाउन भनिएको छ । नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
गुल्मीतर्फ नदी किनारमा पानीको वहाव वढनसाथ पूर्व सुचना यन्त्र पनि जडान भएको छ । पानीको वहाव बढन साथ राति ३ बजेबाट त्यसले पूर्व सुचना प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।
तालको पानी बग्न थालेपनि कुनै क्षति नगरेको र थप क्षति हुन नदिन पनि सतर्कता अपनाइरहेको प्रजिअ पौडेलले बताए ।
बडिगाड खोलको तटीय क्षेत्रमा सर्तकता अपनाउनुपर्ने अवस्थालाई भने सुरक्षा निकायले सबैलाई सचेत बनाइरहेको छ । गत वर्ष सो पहिरोले ताल बनेको बाग्लुङका सिमल चौरका ४ घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश