शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कामपाः मनोरञ्जन शीर्षकमा कर शून्य

शनिबार, २८ साउन २०७४, ०९ : ५९
शनिबार, २८ साउन २०७४

 


काठमाडौँ -काठमाडौँ महानगरपालिकाले गत आव २०७३÷७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन । 

गत आवमा रु आठ हजार असुल गर्न सके पनि गत आवमा भने रु एक पनि असुल गर्न नसकिएको हो । मनोरञ्जन व्यवसायीलाई कर तिर्नका लागि पटक पटक ताकेता गर्दा पनि कर तिर्न नआएको र सोहीअनुरुप कामपाले कारबाही गर्न नसकेकाले सो शीर्षकमा कर संकलन हुन नसकेको कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले बताउनुभयो । 

कामपाले गत आवमा मनोरञ्जन क्षेत्रको कर असूली रु १७ लाख तथा सोभन्दा अघिल्लो आवमा रु २५ लाख लक्ष्य लिएको थियो । यस क्षेत्रमा नियमित रुपमा कर असुल हुने हो भने वार्षिक रु २५ लाख आम्दानी हुन सक्छ । मनोरञ्जनमा मात्र वार्षिक रु २५ लाख बक्यौता हुने गरेको छ । 

चालु आवदेखि कामपाले यस क्षेत्रको बक्यौता पनि असुल गर्ने लक्ष्यसहित कडाइका साथ काम गर्ने जनाएको छ । गत आवमा विज्ञापन करमा भने रु ७२ लाख ७३ हजार लक्ष्य लिएको कामपाले लक्ष्यभन्दा निकै बढी रु सात करोड आम्दानी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप