शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाग पञ्चमीः सर्पले दुध पिउँदैन, यो उसको लागि विष समान, पञ्चमीमा नागको प्रतिमाको पूजा गर्नुहोस्

सोमबार, २० साउन २०७६, ०८ : ५५
सोमबार, २० साउन २०७६

हिन्दु धर्ममा पशुपक्षीको पनि पूजा गर्ने विधान छ किनभने यी सबै पर्यावरणलाई व्यवस्थित राख्नमा सहयोगी हुन्छन् । सोमबार नाग पञ्चमी हो । यो दिन सर्पहरुको पूजा गरिन्छ । हरेक वर्ष साउन महिनाको शुक्ल पक्षको पञ्चमीमा यो पर्व मनाइन्छ । उज्जैनका ज्योतिषाचार्य पण्डित मनिष शर्माका अनुसार शास्त्रमा बताइएका सर्प सम्बन्धि केही विशेष जानकारी थाहा पाऔं ।

सर्पलाई दुध नपिलाउनुहोस्ः

पण्डित शर्माका अनुसार भगवान शिव नागलाई गहनाको रुपमा धारण गर्छन् । पञ्चमीमा भगवान शिवका साथै नागको पनि पूजा गर्नुहोस् । जीवित सर्पलाई होइन, प्रतिमालाई दुध चढाउनुहोस्  । नागको पूजा सधैं नाग मन्दिरमा नै गर्नुपर्छ । केही मानिसहरुले सर्पलाई समातेर त्यसको दाँत भाँचिदिन्छन् जसका कारण सर्प शिकार गर्न लायक हुँदैन र पञ्चमीपछि भोकले मर्छ । यसको पाप पूजा गर्नेहरुलाई पनि लाग्छ । सर्पले दुध पिउँछ भन्ने भ्रमलाई नपाल्नुहोस् । सर्प शाकाहारी प्राणी होइन, यसले दुध पिउँदैन । दुध सर्पका लागि विष समान हुन्छ जसका कारण सर्पको मृत्यु पनि हुनसक्छ ।

नाग पूजामा बेसारको प्रयोग गर्नुहोस्ः

नाग पूजा गर्दा थोरै बेसारको प्रयोग पक्कै गर्नुहोस् । धुप, दीप, अगरबत्ती बालेर नाग पूजा गर्नुहोस् । देवतालाई झैं मिठाईको भोग लगाउनुहोस् । नरिवल चढाउनुहोस् ।

कालसर्प दोष र नाग पञ्चमीः

धेरैजसो मानिसले नाग पञ्चमी कालसर्प दोषको पनि पूजा गर्छन् । कालसर्पको पूजा नाग पञ्चमीमा नै गर्नुपर्छ भन्ने आवश्यक छैन । जन्मकुण्डलीमा एउटा दोष हुन्छ जसलाई सर्पदोष भनिन्छ । यसको सर्पसँग कुनै सम्बन्ध छैन । यो दोषको चक्करमा कहिले पनि सर्पलाई प्रताडित गर्नु हुँदैन । जीवित सर्पको पूजा गर्नबाट बच्नुपर्छ । यो पाप बढाउने काम हो । कालसर्प दोष राहु–केतुसँग सम्बन्धित दोष हो । राहुको मुख सर्प समान भएका कारण यसलाई सर्प दोष वा कालसर्प दोष भनिन्छ । यसका लागि राहु–केतुको पूजा गर्नुपर्छ ।

पण्डित शर्माका अनुसार सर्पको आयु अधिकतम एक सय २० वर्षको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप