शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दमौलीमा खुकुरी प्रहार तीन युवा घाइते पोखरामा उपचार हुँदै

शनिबार, २८ साउन २०७४, ०९ : ४८
शनिबार, २८ साउन २०७४

किरण श्रेष्ठ 
दमौली - तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ पाटनमा शुक्रबार साझ खुकुरी प्रहारबाट तीन जना युवा घाइते भएका छन । 

घाइते हुनेमा व्यास नगरपालिका वडा नम्बर ५ निवासी वर्ष १९ का सुनिल आले, वर्ष १७ का परमेश्वर रानाभाट र वर्ष १६ का हेमराज आले छन्। 

दमौली अस्पतालमा उपचार पछि थप उपचारको लागी उनीहरुलाई पोखरा स्थित मणिपाल अस्पताल लगिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । 

तनहुँको सदरमुकाम दमौली बजार नजिकै रहेको पाटनमा घटना भएको हो । खुकुरी प्रहार गर्ने समूह भने फरार छ । घटनाको कारण खुलेको छैन ।

यस क्षेत्रमा केही दिन पहिले पनि दुई पक्षबीच झपड भएको थियो । अपराधीक घटना बढ्दै जाँदा सर्वसाधारणमा त्रास पैदा भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप