शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काउन्टिन्होले भने, ‘म लिभरपुल छाड्न चाहन्छु’

शनिबार, २८ साउन २०७४, ०९ : ४१
शनिबार, २८ साउन २०७४

लण्डन । लिभरपुलका मिडफिल्डर फिलिपे काउन्टिन्हाले आफूले क्लब छाड्न चाहेको जानकारी दिएका छन् । प्रिमियर लिग क्लबले ब्राजिलियन मिडफिल्डर बिक्रीका लागि नभएको भन्ने वक्तव्य जारी गरेको केही घण्टापछि नै उनले सो कुरा बताएका हुन् ।

मिडिया रिपोर्टका अनुसार काउन्टिन्होले इमेलबाट क्लब छाड्ने इच्छाबारे जानकारी दिएका थिए । क्लबले उनको आग्रहलाई अस्वीकार गरेको छ ।

बुधबार मात्र लिभरपुलले २५ वर्षीय खेलाडीका लागि बार्सिलोनाले गरेको ९ करोड पाउण्डको अफर अस्वीकार गरेको थियो ।

शुक्रबार क्लबमा मालिकहरु वक्तव्य जारी गर्दै काउन्टिन्होका लागि कुनै पनि अफर स्वीकार्य नुहने बताएका थिए ।

सन् २०१३ मा इन्टर मिलानबाट ८५ लाख पाउण्डमा लिभरपुल आए यता काउन्टिन्होले गत जनवरीमा क्लबसँग लागि नयाँ ५ वर्षे करार गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप