शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार थापाको मृत्यु

आइतबार, १९ साउन २०७६, १३ : ३३
आइतबार, १९ साउन २०७६

जाजरकोट– नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

कुशे गाउँपालिका–५ दम्दालका स्थानीयवासी लामो समयदेखि पत्रकारितामा सक्रिय  ४० वर्षीय थापा पछिल्लो समय नेपाल पोष्ट खबर डटकममा आवद्ध रहेका थिए । महासङ्घले थापाको निधनलाई पत्रकारिता क्षेत्रमा अपुरणीय क्षतिका रुपमा लिएको नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाका सचिव हेमन्त केसीको विज्ञप्तिमा उल्लेख छ ।

 पत्रकार थापाको निधनले नेपाली पत्रकारिता जगत्ले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको कर्णाली प्रदेश पत्रकार महासङ्घका महासचिव दीपेन्द्र शर्माले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्  । स्व.थापाको श्रीमती, दुई छोरा र दुई छोरी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप