मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मार्मिक तीज गीत  ‘हे मेरी आमा'

आइतबार, १९ साउन २०७६, १२ : ३५
आइतबार, १९ साउन २०७६

चर्चित गायक तथा निर्देशक नारायण रायमाझीले तीजको मार्मिक गीत सार्वजनिक गरेका छन् । दर्शक(श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा तीज गीतको बाढी नै चलिरहेको बेला नयाँ स्वादको मर्मिक गीत ‘हे मेरी आमा ‘ सार्वजनिक गरेका हुन् । 

दिनहुँ युट्युबमा तीजका गीतहरू अपलोड भईरहेका बेला  तीज गीतको बाढी छिचोल्दै नेपाली चेलीहरुको कथा व्यथा समेटिएको मौलिक कथा झल्काउने मार्मिक गीत रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो ।

महिलाका वेदना र माईतीको सम्झनालाई समेटेको अति मार्मिक गीतमा देवी घर्तीको स्वर रहेको छ । शब्द रचना रमेश बिजीको रहेको छ । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । एरेन्ज बि।बि। अनुरागीको रहेको गीतलाई छायांकनरसम्पादनरकलर मिराज अर्यालले गरेका छन् ।

परिकल्पनारनिर्देशन नारायण रायमाझीको नै रहेको छ । अन्य कलाकारहरुमा अनुष्का अधीकारी,हिमाला गौतम,रमेश के.सी. मट्टारे अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गज्मेर, बिपना के.सी., सन्देश रायमाझी रहेका छन् । नेपाली लोक गीत संगीतका  सर्जक    नारायण रायमाझीले यसअघि पनि धेरै नेपाली   मौलिक लोक गीतहरु सार्वजनिक गरिसकेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप