बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यमन माझीको नयाँ गीत ‘कोनान सुन्दित’ सार्वजनिक

आइतबार, १९ साउन २०७६, ११ : ०६
आइतबार, १९ साउन २०७६

गायक यमन माझीको नयाँ गीत सार्वजनिक भएको छ । गायक माझीको माझी भाषी गीत ‘कोनान सुन्दित’ गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको शब्द तथा संगीत पनि गायक माझीकै रहेको छ । 

गीतलाई लक्क्षुप्रकाश मल्लले एरेञ्ज गरेका हुन् । गायक माझीका अनुसार ‘कोनान सुन्दित’ माझी समूदायको भाषा तथा संस्कृतिलाई प्रस्तुत गरेको छ । गीतको भिडियोलाई गायक माझी आफैले निर्देशन गरेका हुन् । उनले गीतको मर्म अनुसार भिडियोलाई पनि कलाकार मार्फत उत्कृष्ट बनाएका छन् । 

गीतको भिडियोमा सुब्बा माझी र हरिमाया माझी फिचर्ड छन् । भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । यमन माझी गायक मात्रै होइनन्, उनी गीतकार, संगीतकार र अभिनेता समेत हुन् । 

उनले एक्स्ट्रा माया, माङो डोङा–२ लगाएतका फिल्ममा मुख्य अभिनेताको रुपमा काम समेत गरिसकेका छन् । त्यस्तै उनले दर्जनौं गीतहरुमा मोडलिङ गरेका छन्, भने सयौं गीतहरु बजारमा ल्याइसकेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप