बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सात गोलको थ्रिलरसँगै प्रिमियर लिगको नयाँ सिजन शुरु

शनिबार, २८ साउन २०७४, ०९ : २९
शनिबार, २८ साउन २०७४

लण्डन । सब्सिटच्युड ओलिभर जिरुले खेलको अन्त्यतिर नाटकीय गोल गरेपछि आर्सनलले लेस्टर सिटीबिरुद्ध उत्कृष्ट पुनरागमन गर्दै सन् २०१७–१८ सिजनमा विजयी शुरुवात गरेको छ ।

खेल सकिन ७ मिनेट बाँकी छँदा अर्सनल ३–२ गोलअन्तरले पछि रहेको थियो । तर, आरोन रामशे र ओभिलर जिरुले गोल गर्दै खेल घरेलु टोलीको पक्षमा पारेका थिए ।

खेलमा अग्रता भने आर्सनलले नै लिएको थियो । अलेक्सान्डर लाकाजेटेले खेल शुरु भएको ९४ सेकेण्डपछि नै आर्सनललाई अग्रता दिलाएका थिए । तर, २ मिनेटपछि नै सिन्जी ओकाजाकीले लेस्टरका लागि बराबरी गोल गरे ।

त्यसपछि जेमी भार्डीले मार्क अल्ब्राइटनको क्रसमा लेस्टरलाई अग्रता दिलाए पनि पहिलो हाफ सकिन लाग्दा ड्यानी वेलब्याकले खेल पुनः बराबरी गरेका थिए ।
दोस्रो हाफमा रियाद महारेजको कर्नरमा भार्डीले गोल गर्दै लेस्टरलाई पुनः अग्रता दिलाएका थिए । 

खेल लेस्टरको पक्षमा अघि बढिरहँदा आर्सनलका प्रशिक्षक आर्सन वेंगरले दुईवटा सब्सिटिट्युसन गरे जसले खेलको मोड बदलिदियो ।

आरोन रामशेले खेल बराबरी गरे भने जिरुले ग्रानिट जाकाको कर्नरमा गोल गर्दै खेल ४–३ ले आर्सनलको पक्षमा पारे ।

योसँग आर्सनल पछिल्ला २२ प्रिमियर लिग खेलहरुमा लेस्टरविरुद्ध अपराजित रहन पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप