मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अम्बानीका दुई बुहारीः नीता चर्चित, टीना गुमनाम

आइतबार, १९ साउन २०७६, १० : ००
आइतबार, १९ साउन २०७६

एसियामा नै धनी परिवारमा गनिन्छ अम्बानी परिवार । धीरुभाई अम्बानीले सुरु गरेको व्यवसायले उनलाई त सम्पन्न बनायो नै उनको व्यवसायलाई निरन्तरता दिएका मुकेश अम्बानी र अनिल अम्बानी पनि उत्तिकै सम्पन्नशाली छन् । 

धीरुभाईका दुई छोराहरु मुकेश र अनिल अम्बानी व्यवसाय र सम्पत्तिका कारण त चर्चित छँदैछन् साथसाथै उनीहरु सम्बन्ध, पारिवारिक स्थिति र अन्य विभिन्न कारण चर्चामा आउने गर्छन् । यसैबीच, उनीहरुको श्रीमतीको विषयमा पनि समय समयमा विभिन्न गसिपहरु सुन्नमा आउने गर्छ । विवाह पश्चात मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी धेरै चर्चामा छिन् भने अनिल अम्बानीकी श्रीमती टीना अम्बानी गुमनाम जस्तै छिन । 

बलिउडमा ३५ वटा भन्दा बढी फिल्ममा काम गरेकी टीनाको ग्ल्यामर्सको दुनियाँबाट नाता टुट्यो विवाहपछि । 

गुजरानी जैन परिवारमा जन्मिएकी टीना मुम्बईमा हुर्किएकी हुन् । उनी जीवनका सुरुवातीमा ग्ल्यामर्स जीवन बाँच्न मन पराउँथिन् । सन् १९७५ मा उनले इन्टरनेशनल टीन प्रिन्सेस कान्टेस्टमा भारतको प्रतिनिधित्व गरेकी थिइन् र उनले मिस फोटोजेनिक र मिस बिकिनी अवार्ड जितेकी थिइन । उनको बिकनी एक्टबाट प्रभावित भएका देव आनन्दले उनलाई फिल्म ‘देश प्रदेश’ मा डेब्यू गराएका थिए । उनको फेशन र सुन्दरताबाट प्रभावित भएका अनिल अम्बानीले उनीसँग विवाह गर्ने फैसला गरे । विवाहलगत्तै उनले फिल्मी संसारलाई बाईबाई गरिन् । 

अहिले उनी कुर्ता–सलवार र सारीमा मात्रै देखिन्छिन् । कहिले काहीँमात्रै गाउन र छोटो पहिरनमा देखिने टीना मेकअप र ड्रेसअप आफ्नो लागि आफै गर्न मन पराउँछिन् । 

मुकेश अम्बानीकी पत्नी नीता अम्बानी पनि बारम्बार चर्चामा आउने गर्छिन् । मुकेश धनी परिवारका भएपनि निता भने सामान्य परिवारबाट आएकी हुन् । अहिले सामाजिक सञ्जालमा उनी आफ्ना महङ्गा साडीका कारण चर्चामा आउने गर्छिन् । कुनै समय ८०० रुपैँया कमाई गर्ने नीता अहिले करोडौँ रुपैयासँग खेल्छिन् । मुकेश र निताको प्रेमकथा पनि उनीहरुको जीवन जस्तै रोचक रहेको छ ।

मुकेश अम्बानी भारतका सबैभन्दा धनी परिवारका भएपनि सामान्य परिवारबाट आएकी नीताले उनीसँग विवाह अघि ठूलो शर्त राखेकी थिइन् ।  नीतालाई मुकेशका लागि उनका पिता धिरुभाइ आफैँले चुनेका थिए ।  

निताले मुकेशका अगाडि आफू जति नै ठूलो खानदानको बुहारी बनेपछि विवाहपछि पनि एउटा सामान्य जीवन बिताउने र आफ्नो जागिरलाई पनि निरन्तरता दिइरहने शर्त राखेकी थिइन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप