शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द समूहका दुई कार्यकर्ता पक्राउ

शनिबार, १८ साउन २०७६, १३ : ३९
शनिबार, १८ साउन २०७६

तनहुँ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले गयराति पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२ का ३६ वर्षीय धनबहादुर राना छन् । 

उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप