शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ्गमा पेस्तोलसहित एक जना पक्राउ

शनिबार, १८ साउन २०७६, १२ : ०६
शनिबार, १८ साउन २०७६

बुटवल । दाङ्गको प्रहरीले गएराती पेस्तोलसहित एक जना पक्राउ गरेको छ । बङगलामुखी गाउँपालिका–४ मुलटापाका ३० बर्षिय शिवबहादुर बिकलाई दाङ्गको कमिरेचौर ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (असई ) गोपालप्रसाद शर्माको कमाण्डमा गएको प्रहरी टोलीले पेस्तोल सहित पक्राउ गरेको हो ।

स्थानीय खुवबहादुर केसीको होटलमा बास बसेका ट्रिपर चालक बताइएको घोराही–३ का २६ बर्षिय ईन्द्रबहादुर नेपाली, ३५ बर्षीय पदम केसी र  सुरेश नेपाली सहित ६/७ जनाको समुहलाई रातको करिव २ बजेको समयमा एक्कासी बिकले कटुवा पेस्तोल ताक्दै सबैलाई मारिदिन्छु भनेको सूचना प्राप्त गर्न साथ असई शर्माको नेतृत्वमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

घटनाको थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी निरीक्षक राजन गौतमलाई त्यसतर्फ पठाईएको दाङ्गका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप