शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : किन जन्मियौ हिटलर ?

शनिबार, १८ साउन २०७६, १० : ३९
शनिबार, १८ साउन २०७६

मैले पढेको एउटा मात्र हिटलर

जो शक्तिको नशामा उन्माद

लाखौँको नरसंहार गर्दा पनि झनै उन्माद

ऊ रगतको भोक, अन्यायको भोक

क्रुुरताको भोक

उसलाई सबै चिजको भोक ।

लाखाँै आमाको काख रित्तो पार्ने

लाखौँको कोख रित्तो बनाउने

लाखौँ टुहुरा बनाउने

लाखौँ लाखौँको गहभरी आँशु बगाउने

अन्यायीको

क्रुरताको भुँवरीमा

हुन गए धेरै अभागी ।

हो, अहिले मेरो देशमा

एउटा मात्र त्यस्तो हिटलर जन्मिएन

धेरै हिटलर जन्मिए ।

सहरमा हिटलर

बजारमा हिटलर

दिनमा हिटलर, रातमा हिटलर

जता हेर्यो उतै हिटलर ।

उडुस, उपियाँ जन्मिए जस्ता

हुलका  हुल हिटलर

आफू पनि हिटलर, रगत पनि  हिटलर

हिटलरले बनाए छोटे हिटलर

त्यसैले जताततै हिटलर ।

बुझ्नलाई कति पनि गाह्रो छैन

गाउँको हिटलरले गाउँ खाँदो रहेछ

सहरको हिटलरले सहर खाँदो रहेछ

घरको हिटलरले घरै खाँदो रहेछ

त्यसैले बच्न सक्नुपर्दो रहेछ

प्रत्येक घरको हिटलरबाट

जोगिनुपर्दो रहेछ  ।

कुनै कविको कविताले झल्को दिन्छ

‘नरोएको कुनै दिन छैन’ ।

सबैलाई रुवाएको छ हिटलरले

हो, हाम्रा हिटलरहरु तानाशाह बन्दैछन्

आफ्नै बिरासत थाम्न ।

पीडाको उकुस मुकुसमा

रुवाइको क्रन्दनमा

ऐया आच्छु र दुःखको खाडलमा

भोका हिटलरहरु रुमाउंदा रहेछन्

न उसमा माया छ, न दया छ

केवल अतृप्त

अरूको पीडाको नसा छ

त्यसैले मलाई सोध्न मन लाग्छ

हिटलर तिमी किन जन्मियौ मेरो देशमा ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णमणि पराजुली
कृष्णमणि पराजुली
लेखकबाट थप