मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बायोमेट्रिक लेन्स : अब आँखा झिम्काउँदैमा टाढा वा नजिकको वस्तु देख्न सकिने

शनिबार, १८ साउन २०७६, १० : १२
शनिबार, १८ साउन २०७६

एजेन्सी । क्यालिफोर्नियाको विश्वविद्यालयले एउटा विशेष लेन्स निर्माण गरेका छ जसले आँखा झिम्काएको भरमा टाढा वा नजिकको वस्तु स्पष्ट देखाउन सक्छ ।

अनुसन्धानकर्ताले यस लेन्स प्रयोगमा आएपछि दृष्टि कमजोर हुने व्यक्तिलाई उपयोगी हुनेछ । लेन्स चस्माको विकल्प हुने उनीहरुको दावी छ । हालसम्म अनुसन्धानकर्ताले लेन्सको प्रोटोटाइप मात्र तयार पारेका छन् ।

अनुसन्धानदाताका अनुसार टाढा वा नजिकको वस्तु हेर्नको लागि आखाँको चाल बदल्नुपर्छ । हेर्दा सामान्य लेन्सजस्तै देखिने यो लेन्समा जैविक तन्तुको स्थानमा इलेक्ट्रो–एक्टिव पोलिमर फिल्मको प्रयोग गरिएको छ ।

यसमा खास प्रकारको तारको प्रयोग गरिएको छ जसले सिग्नल उत्पन्न गर्छ । यसले लेन्सलाई फैलाउन र खुम्चाउन सहयोग गर्छ ।

यस लेन्स प्रयोग गर्नको लागि दुई पटक आँखा झिम्काउदा टाढाको र पुनः दुई पटक आँखा झिम्काउँदा, नजिकको चीज स्पष्ट देखिन्छ ।

मानिस र जनावरले जसरी नजिक वा टाढाको वस्तु देख्छ बायोमिट्रिक लेन्सलाई त्यसरी नै तयार गरिएको हो । यो लेन्सको प्रयोग भविष्यमा बन्ने रोबोटका आँखा बनाउन पनि प्रयोग गर्न सकिन्छ ।

अनुसन्धानकर्ताका अनुसार लेन्सको प्रयोगमा ल्याउनुपूर्व कयैन प्रयोग गर्न बाँकी छ ।

सन् २०१४ मा गूगलले पनि स्मार्ट कन्ट्याक्ट लेन्सको काम सुरु गरेको थियो । त्यस लेन्सले मुधुमेहका रोगीको आँशुबाट नै ग्लूकोजको स्तर जाँच लिने हिसाबले बनाइएको थियो । तर उक्त परियोजना सन् २०१८ मा रोकियो ।

अनुसन्धानकर्ता शेङकियाङ काईको भनाईमा आँखाको चालमा सिग्नल दिने सामथ्र्य हुन्छ । उनका अनुसार निन्द्रामा पनि हाम्रो आखाँमा इलेक्ट्रोअक्यूलो–ग्राफिक क्षमता हुन्छ । त्यस बेला हामीले केही नदेखेको भए पनि हामीहरु आँखाको पुतलीको चालमा इलेक्ट्रोअक्यूलोग्राफिक सिग्नल सिर्जना गर्न सक्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप