शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नोबेलमा पेनक्रियाज क्यान्सरको सफल अप्रेशन (भिडियोसहित)

शुक्रबार, १७ साउन २०७६, १८ : ३४
शुक्रबार, १७ साउन २०७६

बिराटनगर– नोबेल शिक्षण अस्पतालले पेनक्रियाज ग्रन्थीमा भएको क्यान्सरको अप्रेशन सफलतापूर्वक गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ बर्षीया सरस्वता ढकालको पेनक्रियाज ग्रन्थी क्यान्सरको अप्रेशन सफलतापूर्वक गरिएको हो ।    

आन्द्राको ठुलो भाग, पेनक्रियाज ग्रन्थी र पित्तको नली काटेर जोड्नुपर्ने हुँनाले यो अप्रेशन जटिल हुँने गरेको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । डा.यादवका अनुसार पेनक्रियाज ग्रान्थी काट्ने क्रममा सँगै रहेका धमनीमा चोट लाग्ने संभावना धेरै हुन्छ । चोट लागेमा बिरामीको ज्यान नै जान सक्छ ।

काटेर नयाँ तरिकाले जोड्नुपर्ने हुँनाले राम्रोसँग नजोडिने र नजोडिदा बिरामीको ज्यान बचाउँन गाह्रो पर्ने डा.यादब बताउँछन् । तर, नोबेलमा डा.यादव नेतृत्वको चिकित्सकहरुको टोलीले बृद्धा ढकालको जटिल अप्रेशन सफलतापूर्वक गरेको हो ।       

अप्रेशन सफल भएपछि अहिले बिरामीको स्वास्थ्यमा सुधार आएको छ । ‘बिरामको पीडाका कारण अव बाच्दिन जस्तो लागेको थियो । अप्रेशन गरेपछि अहिले ठिक छु । अव केहि बर्ष बाच्छु जस्तो लागेको छ ।’ बिरामी ढकालले भनिन् । जटिल अप्रेशन सफलतापूर्वक गरेर स्वास्थ्यमा सुधार आएपछि बिरामीका आफन्त पनि हर्षित छन् । 

स्वास्थ्यमा सुधार भएपछि बिरामी ढकाल अस्पतालबाट घर फर्किएकी छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ अप्रेशन पनि सफलतापूर्वक गरिदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप