शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ

शुक्रबार, १७ साउन २०७६, १३ : ३८
शुक्रबार, १७ साउन २०७६

रुपन्देही । भालुको छाला र छाला, पित्त र दाँतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका–२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ४३ वर्षीय धनवीर विक र पाल्पा तिनाऊँ गाउँपालिका–१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।

उनीहरुलाई सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट पक्राउ गरिएको हो ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ थान, पित्त २ थान र दाँत २ थान फेला परेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप