शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘न यता न उता’ भर्सेज ‘रातो गलबन्दी’

शुक्रबार, १७ साउन २०७६, १० : ५८
शुक्रबार, १७ साउन २०७६

काठमाडौं – शुक्रबार रिलिजको परम्परा धान्दै आजबाट एकसात दुई नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘रातो गलबन्दी’ र ‘न यता न उता’ । यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । उचित प्रचारप्रसार नगरी प्रदर्शनमा आएका यी फिल्मले दर्शक पाउँछन् वा पाउँदैनन् । यसै भन्न सकिन्न ।

‘न यता न उता’

कमेडी जनरामा निर्माण भएको फिल्म ‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।

विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेको फिल्मको रिना लामा कार्यकारी निर्माता रहेकी छन् । सबै उमेरका दर्शकलाई फिल्मले दुई घन्टा भरपुर मनोरञ्जन दिने निर्माता रिनाको दावी छ ।

‘रातो गलबन्दी’

सामाजिक प्रेमकथामा निर्माण भएको फिल्म ‘रातो गलबन्दी’ केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको मुख्य भुमिका रहेको फिल्म हो । अनिश थापाको निर्देशन रहेको फिल्म हिमाल कडरिया र दुर्गा बस्नेतले निर्माण गरेका हुन् ।

मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप