शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

शनिबार, २८ साउन २०७४, ०५ : ३०
शनिबार, २८ साउन २०७४

बि.स.२०७४ साउन २८ गते । शनिबार । ईश्वी सन् २०१७ अगष्ट १२ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि पञ्चमी,३९ घडी ४० पला, बेलुका ०९ बजेर २५ मिनेट उप्रान्त षष्ठि । नक्षत्र उत्तरभाद्रपदा,१ घडी ०९ पला, बहान ६ बजेर ० मिनेट उप्रान्त रेवति । योग धृति २२ घडि २४ पला,दिउँसो २ बजेर ३१ मिनेट उप्रान्त शूल । करण कौलव, बिहान १० बजेर ०६ मिनेट उप्रान्त तैतिल,बेलुका ०९ बजेर २५ मिनेट उप्रान्त गर । आनन्दादिमा धुम्र योग । चन्द्ररासि मिन । पञ्चक । डाँछी कोलमतीघाट स्नान ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३३ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४३ मिनेट जादा । दिनमान ३२ घडी ५४ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानि नहुँदा दैनिक खर्च जुटाउँन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानिका बाटाहरु साँघुरा हुँनेछन् । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा नाता गोताबाट सहयोग पाईने हुँनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोत फेला पर्नेछन् भने थोरै समय दिदा पनि व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगिले फसाउँन सक्छन् ध्यान दिनुहोला । तपाईको राम्रा बिचारलाई अरुले गलत तरिकाले ब्याख्या गरि साख गिराउँन खोज्नेछन् । बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुँनाले आफन्त तथा गुरुवर्गहरु दुखि हुँनेछन् । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त गर्न कठिन रहेकोछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ कार्य आरभ्भ गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ ।  खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुँनाले शरिरका थप उर्जा पैदा हुँनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुँनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुँनाले मन  शान्त रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सानातिना घरेलु समस्याहरुले साताउँनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुँनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुँनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानि गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुँनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुँनाले अरु भन्दा पछि परिनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकि सुखद तथा सक्बृद्ध बनाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउँनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने बिलाशि तथा भौतिक बस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मुद्दा मामिला तथा न्यायिक निकायबाट हुँने निर्णयहरु पछिको लागि सार्नुनै उपयूक्त हुँनेछ किनकि आज आउँने फैसला तपाईको पक्षमा हुँने छैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानि कम हुँनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटि मागेर दैनिकि गुजार गर्नुपर्ने अवस्था आउँन सक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानि गरि आम्दानि बढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा  रमाउँने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईको कमजोर उपश्थितिको फाईदा अरुले उँठाउँन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुँनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुँने हुँनाले दैनिकि कष्टकर हुँनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

तपाईको दिन शुभ रहोस् । 

ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप