बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई सय बहत्तर अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि

शुक्रबार, २७ साउन २०७४, २१ : ३९
शुक्रबार, २७ साउन २०७४

काठमाडौँ –  सर्वोच्च अदालतको बिहीबारको पूर्ण बैठकले २ सय ७२ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । 

अदालतले नेपाल कानून व्यवसायी परिषद् ऐनअनुसार ती अधिवक्तालाई वरिष्ठ अधिवक्ता दिएको अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए । वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसी र उपाध्यक्ष उषा मल्ल पाठक, महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, विजयकान्त मैनाली, बाबुराम कुँवर, शैलेन्द्र दाहाल, अनिता सापकोटा, डा चन्द्रकान्त ज्ञवाली, युगनाथ लम्साल, विश्व घिमिरेलगायत छन् ।


वरिष्ठ अधिवक्ता उपाधिका लागि १५ वर्षसम्म निरन्तर वकालत गरेको, न्याय क्षेत्रमा योगदान पुर्याएको, इमान्दार कानुन व्यवसायी भई नागरिक र राष्ट्रलाई नै योगदान पु¥याएको हुनुपर्ने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप