केन्द्रीय संस्करण

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने मन्त्रीको चेतावनी

person explore access_timeसाउन १६, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री खनालले बिहीबार आफ्नो मन्त्रालयको  एक वर्षे कामको समिक्षात्मक बैठक आयोजना गरी दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीमाथि कडा कार्वाही हुने बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले मन्त्रालयको चालू आर्थिक वर्षको कार्ययोजना पूरा गर्ने प्रतिवद्धतासहितको ‘कार्ययोजना सम्झौता’ गरेको स्मरण गराउँदै त्यसलाई पूरा गराउने काममा लागि पर्न पनि मातहतका सबै कर्मचारीहरुलाई सचेत गराए ।

उनले गत वर्ष ‘कृषिमा युवा’ कार्यक्रम सञ्चालन गर्न नसकिएको दृष्टान्त दिँदै त्यसलाई चालू आर्थिक वर्षमा कसरी सञ्चालन गर्ने ? भन्ने स्पष्ट दृष्टिकोण बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री खनालले केही कर्मचारीहरुले आफूले दिएको निर्देशन पालना नगरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

मन्त्री खनालले काम गर्न नसक्ने आयोजना भए आफूलाई अहिल्यै जानकारी गराउन पनि कर्मचारीहरुको ध्यानाकर्षण गराए । उनले कृषि उत्पादनमा जोड दिँदा जनसंख्याको अनुपातलाई नियालेर अघि बढनुपर्ने आवश्यक्ता पनि आंैल्याए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.