मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध, यात्रुको यस्तो सकस (हेर्नुस तस्वीरमा)

शुक्रबार, २७ साउन २०७४, २१ : १५
शुक्रबार, २७ साउन २०७४

लोकेन्द्र प्रशाद जोशी
दार्चुला– निरन्तर वर्षाको कारण महाकाली लोकमार्गको चौतलीचौर नजिक खसेको पहिरोको कारण छोटो तथा लामो दुरीका यातायातका साधन ठप्प भएका छन । 
मालिकार्जुन गेट नजिकै गएको पहिरोका कारण सडकमा ठूला ठूला चट्टान थुप्रिएको छ ।

अहिले पनि पहिरो रोकिएको छैन । साना साना ढुंगा र माटो खस्ने क्रम जारी रहेको मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज कुवेरसिह धामीले बताए । पूरै पहाडै खसेको छ । सडक खुलाउन बिहानै जेसीभी लगाइएपनि सडक खुलाउन सम्भव भएको छैन । सडक तलतिरको बस्ती समेत जोखीममा रहेकाले स्काइभेटर ब्रेकर विना सडक खुलाउन सकिरको छैन । 

सडक तल बस्ती भएको कारण ढुंगा फाल्न समस्या भएको हो । एकसातादेखि सामान्य ढुंगा खस्ने क्रम रहेकोमा शुक्रबार बिहानैदेखी पहिरो बढेको हो ।
महाकाली लोकमार्गको प्रमुख सडक अवरुद्ध भएपछि धनगढी महेन्द्रनगर, काठमाण्डौ बाट आउने लामो दुरीका यातायातका सवारी साधन तथा छोटो दुरीमा चल्ने सवारी साधनहरुले यात्रुहरु बदलेर ओसार्न शुरु गरेका छन् । झण्डै डेड सय बढि मिटर क्षेत्रमा फैलिएको पहिरकोका कारण यात्रुहरुले पाखो भएर जोखिम मोल्नु यात्रुहरुको गुनासो रहेको छ ।
यसैबीच पहिरोका कारण मालिकार्जुन गाउँपालिका ३ को लागि ल्याइएको खानेपानीको पाइपमा क्षति भएको छ । मूल पाइपमा क्षति भएपछि खानेपानीको समस्या भएको हो । पानी बन्द भएपछि स्थानीय सँगै प्रहरीलाई पानी खोज्नु पर्ने बाध्यता भएको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज धामीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप