बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

खोलामा करेन्ट लागेर दुई घाइते

बिहीबार, १६ साउन २०७६, १५ : ४५
बिहीबार, १६ साउन २०७६

बुटवल ।  बिहीबार दिउँसो दाङको बबई खोलामा माछा मार्ने क्रममा खोलामा लत्रिएको विद्युतको तारले करेन्ट लाग्दा दुई जना घाइते भएका छन । एक जनाको अवस्था गम्भीर रहेको छ ।

दिउँसो एक बजेको समयमा तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरकी ५५ वर्षिया चंकी  चौधरी र ५० बर्षकी कुमारी चौधरी करेण्ट लागेर घाईते भएकी हुन् ।

 दुई मध्ये चंकी चौधरीको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको जनाइएको छ । अर्कीमो तुल्सीपुरमा उपचार भई रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप