शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी साधन किन्ने सोचमा हुनुहुन्छ ? : यस्तो छ भन्सारमै तोकिएको गाडीको मूल्य

कुन गाडीको मूल्य कति ?
बिहीबार, १६ साउन २०७६, १० : ०४
बिहीबार, १६ साउन २०७६

काठमाडौं । नाडा अटो मोबाइलस् एसोशियसन अफ नेपाल(नाडा)ले नेपालमा आयात हुने र बिक्री वितरण गरिने सवारी साधन तथा ढुवानीका साधानको बजार मूल्य(एमआरपी) सार्वजनिक गरेको छ । नाडाले आर्थिक वर्ष २०७६/७७ का लागि सवारी साधनको अधिकतम बजार मूल्य तोकेको हो ।

वार्षिक रुपमा सार्वजनिक गरिने सवारी बिक्री मूल्यमा आयातकर्ता वा बिक्रेता कम्पनीहरुले समेत आ–आफ्नै किसिमले बजार मूल्य तोक्दै आएका थिए । तर, यस वर्षदेखि भने विक्रेताले आफूखुशी बजार मूल्य तोक्न र लिन नपाउने भएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले सवारी साधन आयातकर्ताले गाडीको बजार मूल्य(एमआरपी) भन्सारमै तोकेर मात्र ल्याउन पाउने व्यवस्था गरेपछि मूल्य निर्धारणमा व्यवसायीहरुको मनोपोली नचल्ने भएको हो ।

आर्थिक ऐन २०६८ को अनुसूची १ दफा १९ को उपदफा १६ मा पैठारी कर्ताले नेपालमा बिक्री गरिने अधिकतम खुद्रा बिक्री पैठारीकै अवस्थामा सम्बन्धित भन्सार कार्यालयमा अनिवार्य घोषणा गर्नु पर्ने गरी नेपाल सरकारले मालवस्तु तोक्न सक्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार नेपाल सरकार अर्थ मन्त्रालयको ०६८/७/२० को मन्त्रीस्तरीय निर्णयले पैठारीकर्ताले भन्सार विन्दुमा अधिकतम खुद्रा विक्री मूल्य घोषणा गर्नु व्यवस्था पारित गरेको थियो । यसै सन्दर्भमा भन्सार विभागले गत १२ गते सवारी साधन सहित १२ वस्तुको अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) तोक्न भनेको छ ।

एमआरपी व्यवस्था लागु भएपछि व्यवसायीको मनोपोली हट्ने नेपाल सरकारको बुझाई छ । गाडीको खरिद मूल्य(क्र.मू) मूल्य कति हो ?, भन्सार पछि कति पर्छ ? र गाडीको तोकिएको बिक्री मूल्य (एमआरपी) कति निर्धारण गर्नु पर्छ भन्ने कुरा अब भन्सारमै निक्र्योल हुन्छ । यसले अटोमोबाइल व्यवसायीले एउटा गाडीमा अधिकतम कति सम्म फाइदा खान सक्छन् भन्ने कुरा समेत खुल्ने विभागले जनाएको छ ।


व्यवसायी भन्छन्, ‘अटो लोनको कडाइले सरकार आफै घाटामा जान्छ’ 


देशमै अटोमोबाइस् उत्पादक कम्पनी नभएको अवस्थामा हाल नेपालमा विभिन्न देशहरुबाट सवारी साधनहरु आयात हुँदै आएका छन् । छिमेकी देश भारत–चीन देखि अमेरिका, बेलायत, जापान लगाएत युरोपियन देशहरुबाट समेत नेपालमा सवारी साधनहरु आयात हुने गरेका छन् ।

हाल नेपालमा धेरै आयात भएका र विक्री वितरण हुने गरेका विश्व प्रख्यात अटोमोबाइलस् ब्राण्डहरुमा सुजुकी, हुण्डाई, टाटा, निसान, रेनल्ट, मिट्सुविसी, फर्ड, फक्सवागन, स्कोडा, ड्याट्सन, होण्डा लगाएतका ब्राण्डहरु छन् । यी बाहेक पनि बजारमा केहि नयाँ ब्राण्डहरु आएका छन् ।

यी मध्य हामीले नेपाली बजारमा धेरै चलेका र बिक्री वितरण बढि हुने केही ब्राण्ड र तिनका गाडीहरुको बजार मूल्य प्रस्तुत गरेका छौं ।

कुन ब्राण्डका कुन गाडीको बजार मूल्य कति ?

टाटा

टाटा टियागो, टिगोर : ११९९ सीसी इन्जिन क्षमतामा उपलब्ध टाटा टियागोको भिन्नभिन्न १२ भेराइटिजका कारहरु नेपाली बजारमा उपलब्ध छन् । टियागोको बजार मूल्य न्यूनतम २१ लाख देखी अधिकतम ३३ लाख रुपैयाँ सम्म रहेको छ ।

न्यूनतम बजार मूल्य रहेको टियागो ‘एक्सई’ मोडल हो । यसको अधिकतम बजार मूल्य २१ लाख ५५ हजार रहेको छ । त्यस्तै बढी मूल्यको टिगोर ‘आरटी एक्सजेट प्लस’को अधिकतम बजार मूल्य ३३ लाख ९९ हजार रहेको छ ।

नेक्सन(१२–१४सय सीसी): न्यूनतम मूल्य ३५ लाख ५५ हजार, अधिकतम मूल्य ४६ लाख ९९ हजार ।

सफारी(२१७९ सीसी): न्यूनतम ६७ लाख ९९ हजार, अधिकतम ९१ लाख ९९ हजार ।

टाटा सुमो (१९४८–२९५६ सीसी): न्यूनतम ३६ लाख ५५ हजार, अधिकतम ४६ लाख ५५ हजार ।

हुण्डाई

स्यान्ट्रो(१०८६सीसी): न्यूनतम २२ लाख ९६ हजार, अधिकतम ३० लाख ५६ हजार ।

ग्राण्ड आई१०/२०(११९७ सीसी): न्यूनतम २९ लाख ५६ हजार, अधिकतम ३८ लाख ९६ हजार ।

एक्ससेन्ट ११९६ सीसीः ३१ लाख ९६ हजार, ३४ लाख ५६ हजार ।

भर्न १५९१ सीसीः ४९ लाख ९६ हजार, ५३ लाख ९६ हजार ।

क्रेटा (१३९६–१५९१ सीसी): न्यूनतम ४३ लाख ९६ हजार, अधिकतम ६१ लाख ९६ हजार ।

ट्युसन/सान्टा १९९९/२१९९ सीसीः न्यूनतम ७४ लाख ९६ हजार, अधिकतम एक करोड ५६ लाख ९६ हाजर

ईलेक्ट्रिक कोनाः ५५ लाख ९६ हाजर, ६५ लाख ९६ हजार

निसान

सन्नी १४६१ सीसी : ३९ लाख ९९ हजार

किक्स् (१४६१/१४९८ सीसी): न्यूनतम ४८ लाख ९९ हजार, अधिकतम ६० लाख ९९ हजार

एक्सट्रेल १९९८ सीसी : एक करोड २४ लाख ९९ हजार, एक करोड २९ लाख ९९ हजार

ड्याट्सन

रेडि गो (७९९/९९९ सीसी): १९ लाख ९९ हजार, २१ लाख ९९ हजार र २५ लाख ९९ हजार

न्यूँ गो ११९८ सीसीः २६ लाख ९९ हजार, २७ लाख ४९ हजार र २८ लाख ८४ हजार

म्याक्र ११९८ सीसीः २७ लाख ४९ हजार र २८ लाख ८४ हजार

रेनल्ट

क्युईड ९९९ सीसीः न्यूनतम २१ लाख ९६ हजार ६१३, अधिकतम २४ लाख ५८ हजार ५५६

डस्टर(१४६१/१४९८ सीसी): न्यूनतम ३९ लाख ९० हजार, अधिकतम ५८ लाख ६२ हजार, ५५३

क्याप्चर(१४६१/१४९८ सीसी): न्यूनतम ४८ लाख १४ हजार ३४५, अधिकतम ६४ लाख ८९ हजार ३०७

लोडजी १४६१ सीसीः ४५ लाख ५ हजार ५००, ४८ लाख २४ हजार र ५६ लाख ६७ हजार

फक्सवागन

टिगन (१९६८/१९८४ सीसी): न्यूनतम एक करोड १५ लाख, अधिकतम एक करोड ५८ लाख

एमरोक (२.०) १९६८ सीसीः ८२ लाख

जिट्टा (१.०) १५९८ सीसीः ७९ लाख

पोलो ९९९–१५९८ सीसीः न्यूनतम २७ लाख ९५ हजार, अधिकतम ४७ लाख ४५ हजार

भेन्टो (१४९८/१५९८ सीसी): न्यूनतम ३९ लाख ९५ हजार, अधिकतम ५१ लाख ९५ हजार

फोर्ड

फिगो(११९४–१४९८ सीसी): न्यूनतम २४ लाख ९९ हजार, अधिकतम ३० लाख ९९ हजार

एस्पायर(११९४–१४९८): न्यूनतम २८ लाख ४९ हजार, अधिकतम ३४ लाख ५० हजार

फ्रिस्टाईल (११९४–१४९८ सीसी): न्यूनतम ३० लाख ४९ हजार, अधिकतम ३४ लाख ५० हजार

ईकोस्र्पोट (१४९७/१४९८ सीसी): न्यूनतम ३५ लाख ९० हजार, अधिकतम ४७ लाख ९० हजार

रेन्जर(१९९६/३१९८ सीसी): ७९ लाख, एक करोड ४५ लाख

ईन्डियभर ३१९८ सीसीः एक करोड ७५ लाख रुपैयाँ रहेको छ ।

यी मूल्य नाडाद्वारा सार्वजनिक सवारी मूल्य तालिकाबाट लिइएको हो ।

यी बाहेका अन्य ब्राण्ड तथा मोडलका गाडीहरुको पनि मूल्य सार्वजनिक गरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप