मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टा भित्र उपस्थित हुन संयोजक  बावुराम भट्टराईद्वारा नेता देबेन्द्र पौडेल लगायत १५ नेतालाई स्पष्टिकरण पत्र

शुक्रबार, २७ साउन २०७४, १९ : १७
शुक्रबार, २७ साउन २०७४

काठमाडौँ - नयाँ शक्तिका नेता देवेन्द्र पौडेल ‘सुनिल’ लगायत १५ जना नेताहरुले पार्टीका संयोजक बाबुराम भट्टराईले लिएको ‘लाइन’ प्रति लिएको असन्तुष्टि विरुदा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराईले २४ घण्टा भित्र लिखित स्पष्टिकारण सहित उपस्थित हुन आग्रह गरेका छन् ।

 
हिजो विहिवार नेता देवेन्द्र पौडेल लगायत १५ नेताहरुले  पार्टी सुधारका विभिन्न १० बुँदे माग राख्दै नेतृत्व विरुद्ध असन्तुष्टि जनाएको थियो । 


संयोजक डा.भट्टराईद्धारा जरी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको छ ।’ उहाँहरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत पठाइएको भन्दै पार्टी र उनीहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता रहेछ भने छलफल गर्न  सकिने भन्दै जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहीत विपरित हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोंचलाई पार्टीले सहन गर्न नसक्ने समेत उल्लेख छ । 

डा. भट्टराइद्धारा जारी प्रेस विज्ञप्ति हेर्नुस: 

                                                                                                                                                              मितिः २०७४ साउन २७

                                                                     प्रेस वक्तव्य


१. नया“ शक्ति पार्टी, नेपाल, देशमा एक वैकल्पिक वैचारिक, राजनीतिक कार्यक्रमसहित स्थापित
अग्रगामी पार्टी हो । वाम–लोकतान्त्रिक मार्गबाट ‘समुन्नत समाजवाद’ हासिल गर्ने यसको प्रष्ट
राजनीतिक उद्देश्य छ । ‘५ स’ का रुपमा यसले आफ्नो सिद्धान्त र नीति तथा कार्यक्रमलाई
स्पष्ट गरेकै छ । पार्टी स्थापनाको एक वर्ष पूरा भएको सन्दर्भमा पार्टीको महाधिवेशनपछिको
सर्वोच्च निकाय संघीय परिषदको तेस्रो बैठक (श्रावण ११–१३) सम्पन्न गरी यसले आफ्ना
समसामयिक विचार, प्रस्ताव, कार्यनीति र कार्यदिशा प्रष्ट गरेकै हो । यी सबै विषयमा व्यापक
लोकतान्त्रिक छलफल र बहस पनि भएकै हो।

२. तर मिति २०७४÷४÷२६ गते काठमाडौंकोएउटा होटेलमा पार्टी संघीय परिषद सदस्य देवेन्द्र
पौडेलसहित १५ जनाले पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा
विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको समाचार प्राप्त भएको छ । उहा“हरुले भरखरै सम्पन्न
पार्टीको संघीय परिषद बैठकमा कुनै फरक धारणा दर्ज गराउनुभएको थिएन । बरु पार्टी
संयोजकका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाउनुभएको कुरा
बैठकमा उपस्थित सबै सहभागीहरुलाई विदितै भएको विषय हो । तेस्रो संघीय परिषद
बैठकको भावना र निर्णयको प्रकाशमा प्रतिवेदनलाई परिमार्जन गर्ने, पार्टी कार्यनीति र
कार्यदिशालाई अझ प्रष्ट गर्ने, पार्टीको संगठनात्मक पुनर्गठन गर्ने आन्तरिक गृहकार्य भइरहेका
वेला किन र कुन उद्देश्यले त्यस्तो पत्रकार सम्मेलन गर्नु परेको हो ? पार्टीभित्रै आफ्ना कुरा
भन्ने पूर्ण लोकतान्त्रिक अधिकार हु“दाहु“दै किन त्यस्तो गर्नु प¥यो ? गम्भीर प्रश्न उठेको छ ।
३. भरखरै सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको कुरा सही हो ।
त्यसो हुनुका खास कारणहरु थिए । देशका पुराना पार्टीहरुले निर्वाचन चिन्ह नदिनेदेखि लिएर
अनेक प्रकारले षड्यन्त्र र घेरावन्दी गरेका थिए । त्यसका बाबजुद पार्टीले सम्पन्न दुबै
चरणको निर्वाचनमा सहभागिता जनाई लोकतन्त्र र आवधिक निर्वाचनप्रतिको आफ्नो
प्रतिबद्धता पुष्टि गरेको छ । राजनीति भनेको एक माघले जाडो जाने विषय हैन । एउटा
चुनावले मात्र राजनीतिका सबै जटिलताहरुको उत्तर दि“दैन । विषम परिस्थितिमा सामना गर्नु
परेको एउटा चुनावले मात्र पार्टीको भविष्य निर्धारण पनि गर्दैन । यो कुरा प्रष्ट हु“दा हु“दै
अप्ठ्यारो परिस्थितिमा सत्तीसालझैं झनै दृढ भएर उभिनुपर्ने अवस्थामा पार्टी पंक्ति र
जनसमुदायमा भ्रम पर्ने गरी उहा“हरुबाट भएका क्रियाकलापबाट पार्टी अत्यन्त गम्भीर बनेको
छ । उहा“हरुका यस्ता अवाञ्छित क्रियाकलापबाट प्रभावित नहुन र अविचलित रही पार्टी
उद्देश्य, कार्यक्रम र भावनाको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्तिमा आव्हान गरिन्छ ।

४. पार्टी संस्थागत रुपमा नै अहिले पनि निरन्तर ध्रुवीकरणका पक्षमा छ । विभिन्न
व्यक्ति÷व्यक्तित्व, समूह र पार्टीहरुस“ग नियमित संवाद तथा ध्रुवीकरणको प्रयास भइरहेकै छ ।
आगामी निर्वाचनको सामना कसरी गर्ने, कस्तो प्रकारको निर्वाचन समीकरण वा मोर्चाबन्दी
गर्ने वा नगर्ने ? यसमा पनि पार्टीव्यापी रुपमा छलफल चलिरहेकै छ । यी सबै विषयमा
गम्भीर छलफल गर्न र उपयुक्त निर्णयमा पुग्न पार्टी पंक्ति र नेतृत्व तयार छ । यी विषयलाई 
एजयलभ स् ण्ज्ञ(द्धद्दघडद्दढद्ध, ण्ज्ञ(द्धद्दछद्धण्द्दज्ञ भ्mबष् िस् ष्लाय२लबथबकजबपतष्लभउब।ियचन ध्भदकष्तभ स् धधध।लबथबकजबपतष्लभउब।ियचन
अतिरञ्जित गरी कसैले कुनै अतिरिक्त चिन्ता लिइरहनु पर्ने अवस्था छैन । तर कसैस“ग पार्टी
एकता र ध्रुवीकरणका नाममा पार्टीले आफ्नो स्थापनाकालीन लक्ष्य र उद्देश्य, आफ्ना घोषित
विचार, नीति, सिद्धान्त र कार्यक्रमहरु परित्याग गर्न सक्दैन । त्यो गर्नु वाञ्छित पनि हु“दैन ।
५. उपरोक्त कारणले गर्दा उहा“हरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका
उत्पन्न भएको छ । उहा“हरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत
पठाइएको छ । पार्टी र उहा“हरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता रहेछ भने छलफल
गर्न सकिन्छ । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहित विपरित हुने कुनै
क्यारियरिष्ट तथा अवसरवादी सोंचलाई पार्टीले सहन गर्न सक्ने छैन । सबैखाले व्यवधान र
षड्यन्त्रपूर्ण हर्कतलाई परास्त गर्दै नया“ शक्ति पार्टी आफ्नो घोषित उद्देश्यमा अविचलित
रुपमा अघि बढिरहनेछ ।

                                                                                  –––––––––––––––––––––––
                                                                                                    (डा. बाबुराम भट्टराई)
                                                                                                          संयोजक
                                                                                           नया“ शक्ति पार्टी, नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप