शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईलाई घुँडाको समस्या छ ? नेपाल मेडिसिटी अस्पतालले दिन्छ निःशुुल्क परामर्श

बुधबार, १५ साउन २०७६, १८ : ४९
बुधबार, १५ साउन २०७६

ललितपुर– नेपाल मेडिसिटी अस्पतालमा घुँडा सम्बन्धि समस्या भएका तथा जोर्नी प्रत्यारोपणको आवश्यकता भएका व्यक्तिहरुका लागि निःशुल्क परामर्श गरिने भएको छ ।

विशेषगरी ६० वर्ष उमेर माथीका ज्येष्ठ नागरिक महिलामा सामान्य रहेको घुँडा खिइने समस्यालाई लक्षित गरी यो योजना लागुु हुन लागेको हो ।अस्पतालकै ओपिडीमा हाडजोर्नी विशेषज्ञसँग निःशुल्क परामर्श गर्न पाइने यो अवसरमा सहभागि हुन अग्रीम नाम दर्ता गर्नुपर्ने छ । 

खासगरि घुँडा तथा जोर्नी सम्बन्धि समस्या भइ जोर्नी प्रत्यारोपण आवश्यक रहेकाहरुका लागि यो योजना विशेष लाभकर रहने अपेक्षा राखेको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराए । 

घुँडा दुख्ने, घुँडा बांगिएको, उमेरको कारणले घुँडा खिइएको, बाथरोगको कारणले घुँडाको समस्या भएका, जोर्नी खिइएका तथा नशाा च्यातिएको समस्या र खेलकुदको कारणले घुँडामा चोटपटक भएका व्यक्तिहरुलाई जोर्नी प्रत्यारोपण आवश्यक पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप