शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘रे’मा सुनिल थापा डन

बुधबार, १५ साउन २०७६, ११ : ५१
बुधबार, १५ साउन २०७६

काठमाडौं – कलाकार सुनिल थापाले भिलेको भूमिका थुप्रै फिल्ममा निर्वाह गरेका छन् । तर ती भूमिकामा डनको भुमिका भने थिएन ।

यही साउन २४ बाट प्रदर्शनमा आउने फिल्म ‘रे’ भने उनले डनको भूमिका निर्बाह गरेका छन् । निर्माण युनिटले मंगलबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । उक्त ट्रेलरमा रातो काइला उपनामले चिनिएका कलाकार थापाले ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्दै बोलेको सम्बादबाट उनी डनको भुमिकामा रहेको अनुमान लगाउन सकिन्छ । 

फिल्म दिनेश पौडेलले निर्देशन गरेका हुन् । अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाको प्रेममा सुनिलले डनको रुपमा बाधा पार्ने निर्देशक पौडेलले बताए । ट्रेलरमा एक्सनका पाठो पनि भरपुर समेटिएको छ । 
एक्सनसँगै सामाजिक प्रेमकथाका बिषय पनि समेटिएको फिल्म राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । 

सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशी लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ । 

कुमार श्रेष्ठको द्वन्द्व, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य समेत फिल्ममा समेटिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप