शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लामो समयपछि  ‘सास रहेसम्म’मा विनिता बराल

बुधबार, १५ साउन २०७६, ११ : १५
बुधबार, १५ साउन २०७६

आर्या सौरभको आवाजमा नयाँ गीत रिलिज भएको छ । आर्या सौरभकै शब्द तथा संगीत रहेको ‘सास रहेसम्म’ गीतको भिडियो सोसल मिडिया युट्युव मार्फत रिलिज गरिएको हो । 

अमिताभ जोशीले छायाङ्कन गरेका भिडियोलाई गायक आर्या सौरभ आफैले निर्देशन पनि गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री विनिता बराल र आर्या सौरभको फिचरिङ रहेको छ ।  

चपली हाइट फेम अभिनेत्री बिनिता लामो समय पश्चात ‘सास रहेसम्म’ गीत मार्फत दर्शकमाझ प्रस्तुत भएकी छन् । अमेरिकामा रहँदै आएकी विनिताले पछिल्लो समय ‘जुइनो’ उपन्यास पाठकमाझ सार्वजनिक गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप