मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीकै संरक्षणमा अवैध मदिरा पसल सञ्चालनमा

बुधबार, १५ साउन २०७६, १० : ५३
बुधबार, १५ साउन २०७६

रौतहट । अत्यिधक मदिरा सेवनबाट रौतहटमा एक युवकको मृत्यू भएको छ । 

कटहरिया ५ का बनारसी महरा चमारका छोरा २५ वर्षीष जयप्रकाश महरा चमारको अत्यधिक मदिरा सेवनका कारण मृत्युु भएको हो ।

मदिरा सेवन गरेका महराको अवस्था गम्भीर भएपछि केहीदिन अघि उपचारको लागि नारायणी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो ।

खाली पेटमा समेत अत्यधिक मदिरा सेवन गर्ने गरेका महराको लिभर र किडनी बिग्रेर उपचार हुन नसकी दुुइदिन अघि मृत्युु भएको नारायणी अस्पतालका डाक्टर जेपी जयसवालले बताए ।

कटहरिया बजार लगायत नगरक्षेत्रका दर्जनौँै स्थानमा अवैैध  मदिरा पसल खोलिएका छन् भने त्यहाँ  मदिरा पिउने युुवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर अर्पणलाल कर्णले अवैध मदिराले लिवर र किडनी खराब भएर कम उमेरमै मृत्युु हुने गरेको बताए ।

प्रहरीका घुमुवासमेतको मिलोमतोमा कटहरिया बजार क्षेत्रमा  एक दर्जन अवैध मदिरा बेच्ने पसल सञ्चालनमा रहेको स्थानय समाजशसेवी मुकेश कुमार साहले दाबी गरे । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खड्काले प्रहरीको मिलोमतो बारे अनुन्धान गरिरहेको र त्यस्ता अवैध मदिरा पसल बन्द गराइने बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप