शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा डुबेर बालकको मृत्यु

मङ्गलबार, १४ साउन २०७६, २२ : ०४
मङ्गलबार, १४ साउन २०७६

उदयपुर-उदयपुर जिल्लाको कटारी नगरपालिका–८ स्थित थलियास्थित ललरी खोलामा आज एक ११ वर्षीय बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मृत्य हुनेमा कटारी–८ का गङ्गाबहादुर पुलामी मगरको छोरा हर्कबहादुर रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

दिउँसो २ बजेतिर चार जना साथीसँग ललरी खोलामा पौडी खेल्न गएका मगरको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । अहिले हर्कबहादुरको शव परीक्षणका लागि  अस्पतालमा लगिएको इप्रका कटारीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप