बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु

मङ्गलबार, १४ साउन २०७६, १६ : २१
मङ्गलबार, १४ साउन २०७६

इलाम– जङ्गली च्याउ खाएर पाँचथरमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जङ्गली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

जङ्गली च्याउ खाएर बिरामी परेकी उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । सुनितासँगै जङ्गली च्याउ खाएर बिरामी परेकी उनकी सासू ७० वर्षीया सञ्चमाया चेम्जोङको झापाको विर्तामोडस्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यहाँ वर्षायाममा उम्रिएको जङ्गली च्याउलाई तरकारीका रुपमा खाने प्रचलन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप