शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीलाई अस्पतालबाट डिस्चार्ज गर्न आर्थिक अभाव भएको भन्दै आमाद्वारा सहयोगको अपिल

मङ्गलबार, १४ साउन २०७६, १० : ३३
मङ्गलबार, १४ साउन २०७६

काठमाडौँ । सोनु तामाङले आफ्नो ४६ दिनको शिशुलाई अस्पतालबाट डिस्चार्ज गर्नको लागि आर्थिक अभाव भएको भन्दै सहयोगको लागि अपिल गरेकी छिन् ।

मकवानपुर, बसामाडी न.पा. ३ बस्ने सानुले जेठ दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । छोरी रेन्चीनलाई जन्मेको १७ दिनमा साँझ १० बजेतिर सास फेर्न गाह्रो भयो । परिवारले हेटौँडा, भरतपुर अस्पताल हुँदै उपचारको लागि एम्बुलेन्सबाट काठमाडौँको पानीपोखरी नजिकै रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा ल्याए । 

उपचारको सुरुवातको अवस्थामा शिशुको भेन्टिलेटरमा राखेर उपचार गरियो । बिरामीका आफन्तहरुले बताएअनुसार उनीहरुलाई सो अस्पताल निजी अस्पताल रहेको थाहा नै नरहेको, उनीहरुले त्यसलाई सरकारी अस्पताल नै ठानेका थिए ।

अस्पतालले पनि मानवीयताको आधारमा विरामीसँग कुनै डिपोटिड नै नमागिकन शिशुको गम्भीर अवस्थालाई ध्यानमा राखेर उपचार शुरु गरेका थिए । सुरुमा शिशुलाई निमोनिया भएको भन्ने उपचारमा संलग्न चिकित्सकले परिवारलाई बताए । त्यसको पनि उपचार भयो । निमायोनिया पछि रगतमा केही किटाणु देखापरेको भन्ने जानकारी दिए । त्यसको लागि पनि औषधी प्रयोग गरियो ।

र, पनि शिशुको स्वास्थ्यमा सुधार नआए पछि शिशुको केही स्याम्पल भारतमा पठाईयो । रिर्पाेटमा शिशुको मस्तिष्ककामा समस्या भएको भन्ने कुरा चिकित्सकले परिवारलाई बताए ।

हाल भेन्टिलेटरबिना शिशुले १२ घण्टा मात्रै सास फेर्न सकेको, शिशुको बाँच्ने सम्भावना निकै कम भएकोले सस्तो सरकारी अस्पतालमा लान आग्रह गरे ।

तर शिशुलाई अस्पतालबाट डिस्चार्ज गर्नकै लागि पनि ५ लाख भन्दा धेरै पैसा अस्पताललाई तिर्नुपर्ने बाँकी रहेको हुँदा तत्काल आफन्त रकम तिर्न सक्ने अवस्थामा नहँुदा बिरामी शिशुलाई डिस्चार्ज गर्न सक्ने अवस्थामा छैनन् । अहिले शिशुको आईसियू र भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।

शिशुको आफन्त दिदी शान्ति तामाङले परिवार डिस्चार्ज गर्न चाहे पनि आर्थिक अभावको कारणले अस्पतालमै बस्नु परेको बताइन् । आर्थिक सहयोग गरेर सहयोग गर्न दिदी शान्तिले अपिल गरिन् ।

शिशुको बुवा भक्तबहादुर तामाङ हाल वैदेशिक रोजगारका लागि बहराइनमा भएको र उनी न्यून तलबमा काम गरिरहेको हुँदा परिवारको पनि आर्थिक अवस्था न्यून भएको जनाउँदै शिशुका आमा र परिवारले शिशुलाई डिस्चार्ज गर्नको लागि आर्थिक सहयोग गर्न आग्रह गरेका हुन् ,

सहयोगको लागि ग्लोबल आइएमबीको बैंक खाता नम्बर. ३३०७०१००४१९८१ ,फोन नम्बर .९८१८५८४७८५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप