शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मेडिसिटीद्वारा ६० उद्यमीहरुको स्त्री तथा प्रसुति जाँच

सोमबार, १३ साउन २०७६, १८ : ४०
सोमबार, १३ साउन २०७६

ललितपुुर– नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषीका ६० उत्पादकहरुको स्त्रिी तथा प्रसुति जाँच गरेको छ । ललितपुरमै केन्द्रिय कार्यालय रहेको मानुुषी तथा ललितपुरमै स्थित नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

चबहिल स्थित कारखानामा आयोजित शिविरमा उत्साहजनक सहभागिताका बीच महिलाहरुले चिकित्सहरुसंग परामर्श गराएका छन् । अस्पतालकि स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता विश्वकर्मा, मेडिकल अफिसर डा. मनिषा झाको नेतृत्वमा ६० उत्पादकहरुको स्वास्थ्य जाँच गरिएको हो । 

अधिकांश महिलाहरुको स्वास्थ्य स्थिती सामान्य देखिएको र केहिको भने बहुुसंख्यामा समस्या देखिएको चिकित्सकको प्रतिक्रिया छ । महिनावारी गडबड, तथा प्रेसर र सुगर सम्बन्धि सामान्य असन्तुलन भने धेरै महिलाहरुमा देखिएको छ । असामान्य अवस्थामा रहेका सहभागीहरुलाई भने उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा ल्याइने छ । 

सबैको पहुँचमा रहेको नेपालकै पहिलो र एक मात्र अन्तराष्ट्रिय अस्पताल, नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले सृजनशिल तथा हस्तकला क्षेत्रमा काम गर्ने महिलाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएकाले यस किसिमको शिविर आयोजना गरेको बताए ।

मानुुषी प्रा.लिका अध्यक्ष पद्माशना शाक्यले दिनहँ कामकाजमा खटिने महिलाहरुले आफ्नो भन्दा पनि परिवारको ख्यालमा ध्यान दिने भएकाले आफ्नो स्वास्थ्य स्थितीबारे चेत रहुन भन्ने उद्देश्यले यो शिविरको आयोजना गरिएको बताइन । उनले नेपल मेडिसिटीसँग यस किसिमको सहकार्यलाई निरन्तरता दिने जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप