बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका नेहा धुपियाको दुर्घटना, सहयोग गर्नुको साटो सेल्फी लिन थाले मानिसहरु

शुक्रबार, २७ साउन २०७४, १६ : २६
शुक्रबार, २७ साउन २०७४

आफ्नो कार्यक्रम नो फिल्टर नेहाको दोस्रो संस्करणको प्रोमोशनको सिलसिलामा चण्डीगढ पुगेकी नेहा धुपियाको दुर्घटना भएको छ ।

उनी मुम्बईको फ्लाइट लिनका लागि चन्डीगढ एयरपोर्ट जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाका कारण त्यहाँ भयंकर जाम भयो र नेहा लगभग आधा घण्टाका लागि त्यहाँ फसिन् ।

यद्यपी, दुर्घटनामा उनी र उनको समूहमा कसैलाई पनि गम्भीर चोट लागेन । नेहाको काँधमा भने चोट लागेको छ ।

अचम्मको कुरा के छ भने दुर्घटना हुँदा मानिसहरु उनलाई मद्दत गर्नुको साटो उनीसँग सेल्फी लिन र अटोग्राफ लिनका लागि जम्मा भए ।

के हो फिल्टर नेहाः

सन् २०१६ मा नेहाले पोडकास्टमा यो कार्यक्रमको सुरुवात गरेकी थिइन् । यसमा उनी बलिउड सेलिब्रिटीको अन्तर्वार्तामा लिन्छिन् र उनको जीवनसँग जोडिएका कथा सार्वजनिक गर्ने कोसिस गर्छिन् । कार्यक्रमले निकै राम्रो प्रतिक्रिया पाएको थियो । यसै वर्ष यसको दोस्रो सिजनको सुरुवात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप